चितवन निकुञ्जले 'खुंखार गैंडा सिकारी' मानेको रामकुमार प्रजा १२ वर्षपछि समातिए

चितवन निकुञ्जले 'खुंखार गैंडा सिकारी' मानेको रामकुमार प्रजा १२ वर्षपछि समातिए

चितवन राष्ट्रिय निकुञ्जमा कम्तीमा चार वटा गैंडा मारेको पुष्टि भएका एक व्यक्तिलाई सिआइबीले पक्राउ गरेको छ।

चितवनको कालिका नगरपालिका(९ शक्तिखोरका ४१ वर्षीय रामकुमार प्रजालाई केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले हेटौंडाबाट पक्राउ गरेको हो। 

उनीमाथि सबभन्दा पहिले २०६७ सालमा गैंडा चोरी सिकारी, खाग बिक्रीरवितरण र ओसाररपसारको मुद्दा दर्ता भएको थियो। त्यसपछि पनि उनीविरूद्ध तीनवटा मुद्दा दर्ता भएर सजायको फैसला भएको थियो।

सिकारीको जालो पछ्याउँदै जानेक्रममा रामकुमार पक्राउ परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। 

उही मुद्दाका चितवनको कालिका–११ सैपाम घर भएका ठूलोकान्छा र सागर प्रजा नामले चिनिने वास्तविक नाम विन्दर सिंह प्रजा भएका व्यक्तिलाई पक्राउ गरेको ९ महिनापछि सोमबार सिआइबीले रामकुमारलाई पक्राउ गर्न सफल भएको हो। 

सूचना अधिकारी तिवारीले रामकुमार गैंडाको खुंखार सिकारी र कारोबारी रहेको दाबी गरे। उनी संलग्न भएका गैंडासम्बन्धी धेरै मुद्दा दर्ता भएका छन्, उनले भने, उनी लामो समयदेखि हाम्रो फरार सूचीमा थिए। अन्ततस् समातिएका छन्। उनलाई अहिले कसरा ल्याइँदैछ।