प्रधानमन्त्री देउवा र राष्ट्रपति विद्यादेवी भण्डारी विच भेटवार्ता

प्रधानमन्त्री  देउवा र राष्ट्रपति विद्यादेवी भण्डारी विच भेटवार्ता

 प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्। मंगलबार साँझ शीतलनिवास पुगेर प्रधानमन्त्री देउवाले राष्ट्रपति  भण्डारीसँग भेट गरेका हुन्।

उनीहरुबीच दुई घण्टा छलफल भएको देउवाका प्रेस सल्लाहाकार गोविन्द परियारले बताए। प्रधानमन्त्रीले राष्ट्रपतिलाई सरकारका कामकारबाहीका बारेमा जानकारी गराएका थिए। त्यसक्रममा राष्ट्रपति भण्डारीले  मलको समस्या समाधानका लागि दीर्घकालिन उपाय खोज्न सरकारसँग आग्रह गरेकी थिइन्।