भारतले महाकाली सन्धि भएको २६ वर्षपछि सिँचाइका लागि पानी दियो

भारतले महाकाली सन्धि भएको २६ वर्षपछि सिँचाइका लागि पानी दियो

कञ्चनपुर : महाकाली सन्धि भएको २६ वर्षपछि भारतले नेपाललाई सिँचाइका लागि पानी दिएको छ। बुधबार राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसर पारेर सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले सो नहरको पानीले रोपाइँ गरेर नहर उद्घाटन गरेका छन्। 
 
नेपालले महाकाली सिँचाइ तेस्रो चरण आयोजनाअन्तर्गत नहर निर्माण कार्य आर्थिक वर्ष २०६३र६४ बाट सुरु भएको थियो तर, पानी ल्याउन महाकाली नदीसम्म पुग्ने एक हजार दुई सय मिटर नहर भारतीय क्षेत्रमा पर्ने हुँदा भारतीय पक्षले बेवास्ता गरेको थियो। सोही कारण आयोजना सुस्त गतिमा अगाडि बढेको थियो।  

दुई वर्षअघि तत्कालीन ऊर्जासचिव दिनेशकुमार  घिमिरेको भारत भ्रमणका क्रममा सहमति गरेपछि भारतले आफ्नो क्षेत्रमा पर्ने सम्झौताअनुसार बनाउनुपर्ने नहर निर्माण गरेको छ।