मधेस प्रदेशका शहीद परिवारलाई भरणपोषण र छात्रवृत्ति

मधेस प्रदेशका शहीद परिवारलाई भरणपोषण र छात्रवृत्ति

मधेस आन्दोलन र जनयुद्धका क्रममा शहीद भएकाको परिवारलाई भरण पोषणबापत मधेस प्रदेश सरकारले आर्थिक सहयोग प्रदान गर्ने भएको छ ।

शहीद परिवारको भरण पोषणबापत प्रदेशको गृह तथा सञ्चार मन्त्रालयले मधेसी शहीद प्रतिष्ठानमार्फत शहीद परिवारलाई मासिक १२ हजार रुपैयाँका दरले आर्थिक सहयोग दिन लागेको हो ।

यस्तै शहीद परिवारका छोराछोरीलाई निःशुल्क पठनपाठनका लागि छात्रवृत्तिसमेत दिन लागिएको मन्त्रालयका सचिव रामकुमार महतोले जानकारी दिएका छन । यसका लागि प्रदेश सरकारले यस वर्ष एक करोड रुपैयाँ विनियोजन गरेको छ।

आवेदन परेअनुसार हिसाब गरेर रकम वितरण गर्ने उनको भनाइ छ । तर कार्यविधिमा २१ हजार रुपैयाँसम्म दिने भनिएको छ । आवेदन अनुसार यो रकममा घटबढ हुन सक्ने बताएका छन । आवेदन भोलिसम्म दिन पाइनेछ ।

शहीद परिवारको छोराछोरीलाई कक्षा १ देखि ६ सम्मलाई १६ हजार र कक्षा ७ देखि १२ सम्मलाई १८ हजार रुपैयाँ एकमुष्ट वार्षिक रुपमा छात्रवृत्ति दिन लागिएको सचिव महतोलेबताए ।

प्रदेश सरकारको भरणपोषण तथा छात्रवृत्तिसम्बन्धी कार्यविधि २०७९ को दफा ९६० बमोजिम मधेस आन्दोलन तथा जनयुद्धमा शहीद भएका परिवारमध्ये आर्थिक अवस्था कमजोर भएको परिवारलाई पहिलो प्राथमिकतामा राखेर भरणपोषणबापत आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको मन्त्रालयले जनाएको छ ।