प्रदेश युवा परिषदले गर्यो ट्राफिक निमय पालना सम्बन्धि एक दिने सचेतना कार्यक्रम

प्रदेश युवा परिषदले गर्यो ट्राफिक निमय पालना सम्बन्धि एक दिने सचेतना  कार्यक्रम

प्रदेश युवा परिषदले समाजका लागि एक दिन भनेर ट्राफिक निमय पालना सम्बन्धि एक दिने सचेतना कार्यक्रम गरेको छ ।

प्रदेश युवा परिषद्ले जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको समन्वयमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

ट्राफिक नियमको पालना गरि सडक अनुशासन पालना गरौं भन्ने नारा का साथ सुरु भएको कार्यक्रम धनगढीको बसपार्क बाट सुरु भई चटकपुर चोक ,एल एन चोक र ट्राफिक चौराहामा सम्पन्न भएको थियो ।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रहरी सहायक निरीक्षक ईश्वर बहादुर सिंहले युवाहरूलाई ट्राफिक नियम र अनुशासन सम्बन्धि प्रशिक्षण दिएका थिए, जसअन्तर्गत  युवाहरूलाई सडक तथा बाटो कसरी काट्ने सोको जानकारी ,लेन अनुशासन पालना सम्बन्धि नियमको जानकारी र सवारी चालकलाई सिटवेल्ट र हेलमेटको फिता बाध्ने सम्बन्धमा जानकारी जस्ता कुराको प्रशिक्षण गराईएको थियो ।

प्रदेशका युवाहरूलाई ट्राफिक नियम पालना र अनुशासन बारे जानकारी गराउन सके मात्रै पनि धेरै हदसम्म सडक दुर्घटना न्यूनीकरण हुन सक्ने र सवारी चालकहरुमा अनुशासनको संस्कार बस्ने विश्वासका साथ कार्यक्रमको आयोजना गरिएको प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष युवराज कुंवरले बताए ।

प्रदेश युवा परिषदले स्वस्थ युवा प्रदेशका खम्बा भनाईलाई आत्मसात गर्दै समय समयमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । 
परिषदले हालै प्रथम युवा महोत्सव २०७९  सम्पन्न गरेको छ । साथै समय -समयमा युवाहरूलाई लाई उत्प्रेरणा जगाउने विभिन्न कार्यक्रम गर्ने गरेको छ । यो संगै यसपटक प्रदेश युवा परिषदले ९ जना युवा प्रतीभाहरु लाई सम्मान समेत गरिएको छ ।