कैलालीको गौरीफन्टानाका भएर भारत जाने नेपालीहरुलाई यि चार कुरामा हैरानी भए प्रहरीमा उजुरी गर्न मिल्ने

कैलालीको गौरीफन्टानाका भएर भारत जाने नेपालीहरुलाई  यि चार कुरामा हैरानी भए प्रहरीमा उजुरी गर्न मिल्ने

धनगढी ।
अब कैलालीको त्रीनगर भन्सार , गौरीफन्टानाका भएर भारत जाने नेपाली यात्रुका हकमा  यातायात सम्बद्ध ट्राभल एजेन्सीहरुले केहि नियमको पालना गर्नु पर्ने भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले ट्राभल एजेन्सीहरुलाई भारत जाने नेपालीको हकमा निम्न कुरा गर्न नपाईने गरि चार बुदे लिखित सहमति गराएको हो । जसमा सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाईने , महिला तथा जेष्ठ नागरिकलाई सुरक्षित गन्तव्यमा पुर्याउनु पर्ने , गाडी बिग्रेको अवस्था बाहेक अन्य कारणले गन्तव्यमा पुग्न ढिलाई गर्न नपाउने र तोकिएको भाडादर बाहेक अतिरिक्त शुल्क लिन नपाईने जस्ता कुराहरु उल्लेख गरिएका छन् ।

यही जेठ ३१ गते भारतको ब्याङ्ग्लोर हिंडेको गाडी ४ गते बिहान ५ बजे सम्म २ जना बिरामी सहित ६० जना यात्रु बिच बाटोमा अलपत्र परेका थिए ।

३ जना भारतीय ड्राइभर र एक जना खलासी मिलेर हाकी रहेको श्री त्रीवेणि बडिमालिका टुर एण्ड ट्राभल को एन एल -0१ -बि -२३३५ नम्बर को गाडी आन्द्रा र कर्नाट्कका को बिचमा रोकेर बसेको थियो । 

धनगढी र अत्तरीया लगायतका विभिन्न टुर एण्ड ट्राभल एजेन्सीहरु, श्री केदार,सुर्मासमैजी,खप्तडसैपाल ,रणसैनि र श्री लाटाकाफली टुर एण्ड ट्राभल बाट जेठ ३१ गते ब्याङ्ग्लोरका लागि उनीहरुले लागि टिकट लिएका थिए । 

यात्रु बाट टिकटको पैसा लिएर गाडी र ट्राभल एजेन्सीका एजेन्ट जगत मल्ल र महेन्द्र जोशी भारतीय ड्राइभर लाई पैसा नै नदिई फरार भएका थिए साथै उनीहरुले बसमा सवार महिला माथी दुर्ववहार समेत गरेका थिए ।

यात्रु बाट टिकट को पैसा लिएर गाडी मलिक र ट्राभल एजेन्सीले हामीलाई लाई पैसा नै दिएको छैन , अब यस अगाडि हामी गाडी चलाउदैनौ भन्दै ड्राइभरहरुले आन्द्रा र कर्नाट्कका को बिचमा रोकेर यात्रुहरुमाथि कुटपिट समेत गरेको यात्रुहरु ले दुखेसो पोखेपछि धनगढी खबरले यात्रुहरु को उद्दारका लागी जिल्ला प्रहरी कार्यालय मार्फत अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो 

परिणाम स्वरुप ४ गते दिउँसो १ बजे तिर सम्पुर्ण यात्रुहरु आ आफ्नो गन्तव्यमा पुगेको यात्री अरुण मल्लले बताएका थिए । 

यसरी अब उप्रान्त यस किसिमका कार्य गरेको पाईएमा प्रचलित कानुन बमोजिमको सजाय भोग्न तयार रहेको प्रतिबद्धता समेत यातायात सम्बद्ध एजेन्सीहरु ले जनाएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीले उक्त गाडी मालिक र ट्राभल एजेन्सीका व्यक्तिहरु लाई छोडेको छ । साथै यसरी यात्रुहरु दुख दिने एजेन्टलाई समेत कानुनु दायरामा ल्याउने आदेश दिएको छ ।

साथै भारत जाने यात्रुहरुले यात्राका दौरान यसप्रकारका कष्ट भोग्नु परेमा जिल्ला प्रहरी कार्यालय कैलालीले उजुरी गर्न अनुरोध गरेको छ ।

धनगढी खबरको निरन्तरको खबरदारी संगै अब कैलालीको त्रीनगर भन्सार , गौरीफन्टानाका भएर भारत जाने नेपाली यात्रु हरुले बस यात्राका दौरान हुने हैरानी बाट राहत पाउने भएका छन्  ।