बैतडीमा ३५ जनाले  छाडे एकीकृत समाजबादी

बैतडीमा ३५ जनाले  छाडे एकीकृत समाजबादी

बैतडीमा गाउँपालिका इन्चार्ज सहित ३५ जनाले एकीकृत समाजवादी पार्टी (एस) परित्याग गरेका छन् । एकीकृत समाजवादीका जिल्ला कमिटि सचिवालय  सदस्य  एवं  सिगास गाउँपालिका इन्चार्ज पठान सिंह बोहरा सहित ३५ जनाले पार्टी परित्याग गरेका  हुन् ।

जिल्ला कमिटि सदस्य , गाउँकमिटि सदस्य , वडा कमिटि सदस्य  सहित ३५ जनाले  विज्ञप्ती मार्फत एकीकृत समाजवादी पार्टी  छाडेको  बताएका छन् ।
नौलो समाजवाद, तथा वैज्ञानकि समाजवादका लागि क्रान्ती, आर्थिक समाजिक समुन्ती,सुखि नेपाली समृद्ध नेपाल बनाउने  पार्टी एस नभएको र पार्टीभित्र  व्यक्तीवाद, नातावाद देखा परेको एकिकृत समाजवादीका जिल्ला कमिटि सचिवालय सदस्य एवं सिगास गाउँपालिका इन्चार्ज बोहराले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
एस पार्टी कमिसनखोर, दलाल, ठेकेदार तथा गुण्डाहरुको नाइके भएको आरोप सहितको असन्तुष्टी  व्यक्त गर्दै ३५ जनाले एमालेमा जाने  निर्णय गरेका छन् ।

No description available.

No description available.