तपाईँको मनमा ठेस पुग्यो, हाम्रो पुगेन ? मन त सबैको उस्तै हो नि ?

तपाईँको मनमा ठेस पुग्यो, हाम्रो पुगेन ? मन त सबैको उस्तै हो नि ?

धनगढी ।  बजेट सबैले हेरी सकेको हो। हामी बसेको ठाउँ उहाँ म्याडम आफै जानुभएको छ। उहाँ बसेर बनाउनुभएको हो यो। यो कमिटीले बनाएको बजेट हो। बजेट यहाँ कार्यपालिकामा प्रस्तुत भयो। कार्यपालिकामा प्रस्तुत भएपछि १० अर्ब रुपैयाँ अतिरिक्त आयो । राति १० बजे के निर्णय भयो भने अब यसबाट १० करोड रुपैयाँ काट्औं । अनुमोदन नै भएको हो । अहिलेको यो बैठक हामीले कहाँ कहाँ काट्औं, कुन कुन शीर्षकमा काट्औं भन्ने हो । 

योजना शाखामा विज्ञहरू बस्नुभएको छ । उहाँहरूले बनाएको । मेरो कुनै स्वार्थ छैन । १० दिनमा कहाँ कहाँ काट्ने बारेमा छलफल भएको हो । मेयरले एकलौटी गर्नका लागि त पुरै बजेट आफ्नो नाममा हाल्नुपर्‍यो नि त्यो छैन । 

उहाँले आरोप लगाउनुभन्दा पहिले संविधान उहाँले पढ्नुपर्‍यो के, मैले भन्दा पनि । गाडीमा चढ्दासम्म मान्छेहरू आइरहेका हुन्छन् । मैले उहाँहरूको कुरा सुन्ने कि नसुन्ने । अनि मैले उहाँ(उपमेयर)सँग कुन बेला छलफल गर्ने । छलफल गर्ने कुनै एजेन्डा त हुनुपर्‍यो नि । अब यो प्रेसर कम हुन्छ, अलि बिस्तारै छलफल भएर आउँछ । उहाँले हामी पार्टीवाला हौँ, हाम्रो पछाडि पार्टी छ भन्नुभयो । अनि म के टिको लगाएर आएको हुँ । २६, २७ हजार जनताले भोट दिएर जितेको हो कि होइन । विष बमन गर्ने काम नगरौँ । द्वन्द्व बढायो भने बढ्छ । जति छ तपाईँहरूलाई देखाइएकै बजेटबाट काटकुट भएको छ । सम्बन्धित शाखालाई राखेर यो बजेट घटाउनुभएको छ । यसमा मेरो हस्तक्षेप भएको छैन । उहाँले कुन दिन मलाई फोन गरेर मैले फोन उठाइन? मैले उहाँलाई फोन नगरेको पक्कै हो। कामै थिइन केही त किन गर्ने? अस्ति म धार्मिक यात्रामा मुस्ताङ गएको थिए। उपमेयरको गाडीले मेरो कुकुर किचेर हिँड्यो भनेर मलाई फोटो पठाएको छ। मैले उहाँलाई भनिन्, उल्टो सम्झाए। 

त्यस कारण हामीले एकअर्कालाई दोष लगाएर हामी कहीपनि पुग्दैनौं। सबैले हेर्नुहोला, कुन कुन कुराले निरन्तरता पाएको छ। मैले यहाँ आफ्नो स्वार्थले कुनै प्रोजेक्ट हालेको छु भने तपाईँहरूले कहिले जे सजाय दिनुहुन्छ म तयार छु । तर म नेतृत्वकर्ता भएकोले मैले एउटा योजना हालेको छैन । हामीले पास गरेको नीतिमा टेकेर बजेट बनाउने शाखाहरूको काम हो ।  किन काट्यौँ, के के काटियो त्यो तिर जाउँ, त्यो तिर छलफल गरौँ तर होइन सभा नै नचलाउने भएपछि नचलाऔँ । मेरो मात्रै जिम्मेवारी होइन नि। हामी सबैको सामूहिक जिम्मेवारी हो । समन्वयन दुईतर्फबाट हुन्छ । रिपोर्टिङ मेयरले उपमेयरलाई गर्ने कि उपमेयरले मेयरलाई? त्यो चाहिँ तपाईँहरू भन्दिनुस्। म बिना काम कसै कोमा जान्न। जाने फुर्सद कुन बेला छ भन्या? त्यहाँभित्र दुलामा छिर्‍यो भने त्यहाँबाट बाहिर निस्कन पाउँदैन। त्यो परिस्थितिलाई बुझेर जिम्मेवार व्यक्तिहरू बोलिदिनुस्, के। तपाईँको मनमा ठेस पुग्यो, हाम्रो पुगेन, मन त सबैको उस्तै हो नि। 

उपमेयरलाई काम गर्न नदिने, पङ्गु बनाउनु मेरो उदेश्यपनि होइन। अहिलेसम्म उहाँले मलाई कर्मचारी पाएको छैन भनेर भन्नुभएको पनि छैन। यहाँ कर्मचारीको कमी छैन। यो कम्युनिकेसन ग्याप भएको हो। उपमेयरलाई कर्मचारी किन नदिने?

यहाँ तपाई(उपमेयर)ले २० वटा एजेन्डा लेखेर ल्याउनुभयो। त्यो कुरा सुरुमा मलाई भनेको भए म सम्बोधित नगर्थे अनि पनि चित्त नबुझेको भए सभालाई भन्नुपर्थ्यो। तर तपाईँले मलाई भन्नुभएन। यहाँ आएर बोल्नुभयो। 

उपमेयरलाई तल पारेको पनि होइन। अपमान गर्न खोजेको पनि होइन। अब उहाँले अहिले सिधै मलाई कम्पनी चलाएको जस्तो होइन भन्नुभयो। अहिले तपाईँको पुरानो पेसाको कुरा मैले निकालियो भने के हुन्छ? तपाईँलाई चित्त दुख्दैन? म कुनै चोर डाका कम्पनीबाट आएको हो। मैले राज्यलाई कर तिरेको छु। सयौँलाई रोजगारी दिएको छु। अनि मैले व्यवसाय नगर्ने? त्यो हिसाबले व्यक्तिगत रूपमा नजाऊ। हामी कानुनीको रूपमा जाऔँ। 

धनगढी उप-महानगरपालिकाको आठौँ नगर सभाको तेस्रो बैठकमा मेयर गोपाल हमाल उप-मेयर कन्दकला रानाले गरेको प्रश्नको जवाफ दिँदै गरेको भनाई को सम्पादित अंश ।