ठूलो मात्रामा प्रतिबन्धित जडिबुटी ‘झ्याउ’ बरामद

ठूलो मात्रामा प्रतिबन्धित जडिबुटी ‘झ्याउ’ बरामद

दार्चुलामा प्रहरीले ठूलो मात्रामा प्रतिबन्धित जडीबुटी ‘झ्याउ’ बरामद गरेको छ । प्रहरीले गोप्य सूचनाका आधारमा जिल्लाको व्याँस गाउँपालिका–३ गल्फास्थित सडक किनारमा लुकाईछिपाई राखेको अवस्थामा करिब ३ क्वीन्टल ५० किलोग्राम प्रतिबन्धित जडीबुटी बरामद गरेको हो ।
प्रहरी चौकी सुन्सेरा र अपीनाम्पा संरक्षण क्षेत्र रेञ्ज पोष्ट सुन्सेराबाट खटिएको संयुक्त टोेलीले वेवारिसे अवस्थामा रहेको उक्त परिमाणको अवैध जडीबुटी बरामद गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । ठूलो मात्रामा भेटिएको प्रतिबन्धित जडीबुटी झ्याउबारे अनुसन्धान भइरहेको उनले बताए । बरामद गरेको सो जडीबुटी आवश्यक कारबाहीका अपीनाम्पा संरक्षण क्षेत्र रेञ्ज पोष्ट सुन्सेरा दार्चुलाको जिम्मा लगाइएको छ ।