डडेल्धुरामा सामुदायिक वनको कृते कागज बनायर भ्रष्टाचार गरेको भन्दै अध्यक्षलाई दलियो कालोमोसो

डडेल्धुरामा सामुदायिक वनको कृते कागज बनायर भ्रष्टाचार गरेको भन्दै अध्यक्षलाई दलियो कालोमोसो

डडेल्धुराः डडेल्धुरामा धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताले भ्रष्टाचार गरेको भन्दै सामुदायिक वनका अध्यक्षलाई कालोमोसो दलेका छन्।

डडेल्धुराको आलिताल गाउँपालिका–३ मा रहेको तुङ्गा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सर्वजित मडैलाई बिहीबार राति नेकपा बहुमत डडेल्धुराले कालो मोसो दलेको हो।

मडैले कृते कागज बनाएर समुदायिक वन उपभोक्ता समिति र सव डिभिजन वन कार्यालय आलिताललाई छलेर सामुदायिक वनको खातामा रहेको २२ लाख रुपैयाँ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मडैले भ्रष्टाचार गरेको आरोपमा सांकेतिक कारबाही गरिएको सो पार्टीले जनाएको छ।