दार्चुलामा ई–पासपोर्ट सेवा अवरुद्ध

दार्चुलामा ई–पासपोर्ट सेवा अवरुद्ध

दार्चुला : दार्चुलामा विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा अवरुद्ध भएको छ ।

इन्टरनेट सेवा प्रदायक संस्था सुबिसुको उपकरणमा चट्याङले क्षति गर्दा विद्युतीय राहदानी सेवा अवरुद्ध भएको हो । असार २२ गते बालशिखरस्थित नेटवर्क टावरको डिभाइस बिग्रिएकाले विद्युतीय राहदानी सेवा बन्द भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले बताए ।

नयाँ उपकरण जडान गर्न समय लाग्ने भएकाले असार ३० गतेसम्म सेवा बन्द रहने प्रशासनले जनाएको छ । दार्चुला प्रशासनले ०७९ जेठ १६ गतेदेखि विद्युतीय राहदानी सेवा संचालनमा ल्याएको थियो । सेवाग्राहीमा पर्न गएको असुविधाका लागि प्रशासन कार्यालयले क्षमा मागेको छ ।

 

No description available.