बैतडीका स्थानीय तहमा ४८ करोड बढी रकम बेरुजु

बैतडीका स्थानीय तहमा ४८ करोड बढी रकम बेरुजु

बैतडी: महालेखा परीक्षकको ५९ औं बार्षिक प्रतिवेदन अनुसार बैतडीका स्थानीय तहमा ४८ करोड बढी बेरुजु रकम देखिएको छ । आर्थिक बर्ष २०७७÷७८ मा जिल्लाको सबैभन्दा बढी बेरुजु रकम डिलाशैनी गाउँपालिकामा देखिएको हो । सो पालिकामा १० करोड २४ लाख ९० हजार रुपैंया बेरुजु देखिएको छ । यस्तै जिल्लामा सबैभन्दा कम दोगडाकेदार गाउँपालिकामा १ करोड २२ लाख १९ हजार रुपैंया बेरुजु देखिएको छ ।

यस्तै पुर्चौंडी नगरपालिकामा ८ करोड २९ लाख ६९ हजार बेरुजु देखिएको छ । जिल्लाको सिगास गाउँपालिकामा ७ करोड ७३ लाख ४२ हजार बेरुजु देखिएको छ भने सुर्नया गाउँपालिकामा ६ करोड ३० लाख ३० हजार बेरुजु देखिएको छ । 

यस्तै पञ्चेश्वर गाउँपालिकामा ४ करोड ७३ लाख ३८ हजार बेरुजु देखिएको छ भने मेलौली नगरपालिकामा ३ करोड ६५ लाख ३८ हजार बेरुजु देखिएको छ । यसैगरी जिल्लाको दशरथचन्द नगरपालिकामा २ करोड २९ लाख ३६ हजार, शिवनाथ गाउँपालिकामा २ करोड ४ लाख ३१ हजार र पाटन नगरपालिकामा १ करोड ७१ लाख ८७ हजार बेरुजु देखिएको छ ।