डायलाइसिस गर्नु पूर्वको सर्जरी सेवा सेती प्रादेशिक अस्पताल धनगढी बाटै सुरु

डायलाइसिस गर्नु पूर्वको सर्जरी सेवा सेती प्रादेशिक अस्पताल धनगढी बाटै सुरु

धनगढी । सुदूरपश्चिम प्रदेशकै रेफरल सेन्टरको रुपमा रहेको सेती प्रादेशिक अस्पतालमा मिर्गौला फेल भएका बिरामीको निम्ति  डायलाइसिस गर्नु पूर्वको सर्जरी (एभी फिस्टुला बनाउने सर्जरी) सेवा सुरु भएको छ।

मिर्गौलाका बिरामीलाई डायलासिस गर्नु अघि गरिने फिस्टुलाको शल्यक्रिया अस्पतालमै सुरु भएको हो । डायलासिस गर्नुअघि फिस्टुलाको अप्रेशन अनिवार्य गर्नुपर्ने हुन्छ । 

डायलासिस गर्नु पर्ने बिरामीहरू फिस्टुला बनाउन काठमाण्डौँ गाएर महिनौ पालो कुर्नुपर्ने बाध्यता थियो । फिस्टुलाको अपरेशन सेवा सुरु भएपछि काठमाडौँ जानुपर्ने बाध्यता हटेको अस्पतालका डाक्टर विकाश मण्डलले बताए ।

उनका अनुसार यस क्षेत्रका मिर्गौलाका बिरामीहरू यस सेवाबाट लाभान्वित हुने छन् । अस्पतालमा पाँच देखि एक हजार रुपैयाँसम्म अप्रेशन हुने गरेको उनले जानकारी दिए । 

डायलासिस गर्नु अगाडि गरिने सर्जरी जसले रक्तनलीमा डायलासिस गर्दा जडान गर्ने ठाउँ अर्थात एभि फिस्टुला बनाइन्छ । यसअघि बिरामीहरू काठमाण्डौँ र भारतका विभिन्न ठाउँ जान्थे ।

सुदूरपश्चिम प्रदेशकै रिफल सेन्टरको रुपमा रहेको अस्पतालमा डायलासिस सेवा सुरु गरेको करिब ५ वर्ष भइसकेको छ । सरकारले निशुल्क डायलासिस सेवा प्रदान गर्दै आइरहेको छ ।

मृगौलाका बिरामीले फिस्टुलाको अप्रेशन गर्न काठमाडौँ जानुपर्ने बाध्यता हटेको उनको भनाइ छ । अस्पताल प्रशासनले आवश्यक सामग्री उपलब्ध गराए पछि सेवा बिस्तार गरिएको मण्डलले बताए । 

अस्पतालमा हाल सम्म पाँच जना बिरामीको सफल अप्रेसन भएर नियमित डायलासिस गराइरहेका छन् । अबदेखि मृगौला फेल भएका बिरामीले डायलासिस गराउन गरिने अपरेशन गर्न काठमाण्डौ र भारतका विभिन्न ठाउँ जानुपर्ने बाध्यता हटेको मण्डलको भनाइ छ ।

सुदूरपश्चिमका अधिकांश जिल्लाबासीका डायलासिस गर्नुपर्नेहरू प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।