मेघा बैङ्क र नवजीवन अस्पताल धनगढी बिच सम्झौता, बैङ्कका ग्राहकहरूलाई उपचारमा छुट हुने

मेघा बैङ्क र नवजीवन अस्पताल धनगढी बिच सम्झौता, बैङ्कका ग्राहकहरूलाई उपचारमा छुट हुने

धनगढी । धनगढीमा रहेको नवजीवन अस्पताल प्रा.लि. र मेघा बैङ्क लि. बिच सम्झौता भएको छ । बैङ्कले आफ्ना ग्राहकहरूलाई स्वास्थ्य रुहुन भन्ने हेतुले आज एक कार्यक्रमका बिच आपसी सम्झौता गरेको छ ।

सम्झौता अनुसार मेघा बैङ्कमा खाता, डेबिट/क्रेडिट कार्ड भएका सेवा ग्राहीहरूले यस नवजीवन अस्पतालमा सेवा लिन आउँदा उक्त बैङ्कको निशा प्रमाण पेस गरी उपचार लिएको खन्डमा देहाय बमोजिमको छुट सुविधा प्रदान गरिने सम्झौता भएको जनाइएको छ । 

छुट सुबिधाहरूः
१. OPD टिकटमा – १० प्रतिशत छुट
२. OT (शल्यक्रियामा) – १२ प्रतिशत छुट
३. AC Bed मा – १० प्रतिशत छुट
४. ICU, NICU मा – १४ प्रतिशत छुट
५. ल्याब मा – १४ प्रतिशत छुट
६. X-Ray मा – १४ प्रतिशत छुट

बिरामीले माथि उल्लेखित छुट लिनका लागि भने बिल भुक्तानी दिने बेला मेघा बैङ्कको उक्त निशा, प्रमाण वा परिचय पत्र अनिवार्य पेस गर्नु पर्नेछ र बिल भुक्तानी भई सकेपछि पेस गरेको खन्डमा मान्य नहुने जनाइएको छ ।