आज यी नदीहरूमा बहाव बढ्न सक्ने

आज यी नदीहरूमा बहाव बढ्न सक्ने

आज (बिहीवार) कोशी, नारायणी, महाकाली, कन्काई लगायतका नदीहरूमा बहाव सतर्कता तहभन्दा तलै रहेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार, आज बिहानको मापन अनुसार यी नदीहरूका साथै कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूमा बहाव सतर्कता तहभन्दा तलै रहेको हो । बिहीवार दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, चितवन, पर्सा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेल्धुरा लगायतका क्षेत्र भई बहने नदीहरूको बहाव भने केही बढ्न सक्ने विभागले पूर्वानुमान गरेको छ ।