अटोरिक्साबाट ३३५ किलो गाँजा बरामद

अटोरिक्साबाट ३३५ किलो गाँजा बरामद

मकवानपुरको भीमफेदीबाट प्रहरीले ठूलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद गरेको छ।

नेपाल प्रहरीको महानिरीक्षकको सचिवालयको केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार भीमफेदी गाउँपालिका–२ गुम्बाडाँडास्थित सडकमा रोकिराखेको ना२ह ४४० नम्बरको अटोरिक्साबाट ३३५ किलो ३८१ ग्रा गाँजा बरामद गरिएको हो।

प्रहरीका अनुसार अटोरिक्सा चालक फरार छन्। विशेष सूचनाका आधारमा बागमती प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उक्त अटोरिक्सा जाँच गर्दा १२ बोरामा उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो। फरार अटोरिक्सा चालकको प्रहरीले खोजी गरिरहेको जनाइएको छ।