प्रदेश सभाको आजको बैठकमा मन्त्रीहरुले दिए सासंदका प्रश्नहरुको जवाफ

प्रदेश सभाको आजको बैठकमा मन्त्रीहरुले दिए सासंदका प्रश्नहरुको जवाफ

सुदूरपश्चिम प्रदेश सभाको आजको बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र सामाजिक विकास मन्त्रीले बिशेष समयमा सासंदहरुले उठाएका प्रश्नहरुको जवाफ दिएका छन् ।

सभामुख अर्जुन बाहदुर थापाले बिशेष समयमा उठेका प्रश्नको जवाफ एक हप्ताभित्र दिन सरकारलाई निर्देशन दिएपछि आ–आफ्नो मन्त्रालयसित सम्बन्धित बिषयमा उहाँहरुले जवाफ दिनुभएको हो ।

सभामुख अर्जुन बहादुर थापाले प्रश्नहरुको जवाफ दिन समय दिएपछि उहाँहरुले जवाफ दिनुभएको हो । सासंदहरुको प्रश्नको जवाफ दिने क्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले मन्त्रालयसित सम्बन्धित विधेयकहरु तयार भइरहेको बताउनुभयो ।

विधेयकहरु किन आउन सकेन भन्ने प्रश्नको जवाफ दिँदा मन्त्री भट्टले अनय कुनै पनि प्रदेशमा तयार नभएको वातावरण संरक्षण सम्बन्धी विधेयक सुदूरपश्चिममा पारित भएको र औदोगिक विकास विधेयक मन्त्रीपरिषदमा छलफलका लागि मुखयमन्त्री कार्यालयमा दर्ता गराएको जानकारी दिनुभयो ।

सासंदहरुले बजेट खर्च हुन नसकेको, खर्चको अख्तियारी दिन नसकेको कारण बताउन गरेको प्रश्नको जवाफ दिने क्रममा मन्त्री भट्ट तथ्यगत जवाफ दिनुभन्दा पनि भाषणमा बहकिएपछि सभामुख थापाले रुलिङ गर्नुपरेको थियो । सभामुख थापाले मन्त्री भट्टलाई सांसदहरुको सोधेका प्रश्नको जवाफमा केन्द्रित हुन रुलिङ गर्नुभयो । 

प्रदेश सभा बैठक सकिएपछि बाहिरिएका सासंदहरुले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका तर्फबाट मन्त्रीले दिएको जवाफले आफ्ना जिज्ञासाहरु नसमेटेको प्रतिक्रिया दिनुभएको छ । 

यस्तै सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले सासंदहरुको प्रश्नको जवाफ दिँदै द्वारिकादेबी ठकुरानी महिला सशक्तिकरण कार्यक्रम स्थानीय तह मार्फत कार्यान्वयन गर्ने भनिए पनि बजेटको अख्तियारी दिन समस्या हुने बिश्लेषण सहित कार्यविधि बनाएर अन्य प्रक्रियाबाट कार्यान्वयन भइरहेको बताउनुभयो । 

मन्त्री सुवेदीले एम्बुलेनस खरीद प्रक्रिया शुरु भएको र स्वास्थ्य संस्थाका कर्मचारीहरुले असार मसान्त सम्म संघीय सरकारबाट तलब खाएको र अब बाँकी रहेको तलब छिट्टै निकास हुने बताउनुभयो । सेती अस्पतालमा केही दिन अघि महिलाको मृत्यु भएको बिषयमा डाक्टरको लापर्वाही भएको हो वा होइन भन्ने बिषयमा छानवीन भइरहेको उहाँले बताउनुभयो ।