रविले देउवालाई भने  ज्योतिष तिम्रा हुनेछन्,भाग्य हाम्रो चम्किनेछ

रविले देउवालाई भने  ज्योतिष तिम्रा हुनेछन्,भाग्य हाम्रो चम्किनेछ

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरुलाई मंसिरको चुनावको तीब्र प्रतिक्षा रहेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले ज्योतिष हेराएर तोक्ने चुनावको मितिले जनताको भाग्य खोल्ने दावी गरेका छन् ।

पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै लामिछानेले आफू देश बदल्नका लागि र अहिलेका नेताहरुलाई जेल हाल्नका लागि राजनीतिमा आएको बताए । उनले अख्तियारमा लुकाएर राखिएका फाइल टक्टक्याउँन आफू राजनीतिमा आएको भन्दै मंसिरको चुनाव अधैर्यसाथ पर्खिएको बताए ।

लामिछानेले भने,’तिम्रा ज्योतिश देखाएर मिति तोक । ज्योतिश तिम्रो हुनेछ भाग्य हाम्रो खुल्नेछ । ज्योतिशले मिति तोक्नेछन्,जनताले भाग्यको फैसला गर्नेछन् । सबै ग्रहले हाम्रो लागि काम गर्नेछन् । यो देश बदलिनेछ । म मंसिरको चुनावको तीब्र प्रतिक्षामा छु । तीम्रा ज्योतिशले चुनावको मिति तोक्नेछन्,भाग्य हाम्रो चम्किनेछ ।’