बैतडी । बैतडीमा प्रहरीले लागुपदार्थ दुर्व्यसन विरुद्ध प्रशिक्षण कार्यक्रम गर्दै छ । लागु औषध दुर्व्यसन न्यूनीकरण गर्ने उदेश्यले जिल्लाका सबै युनिटहरु मार्फत सचेतना मूलक प्रशिक्षण कार्यक्रम सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोक राज जोशीले बताए ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत प्रहरी युनिटहरुको आयोजनामा सबै ठाउँमा कार्यक्रम भइरहेको उनले बताए । पुर्चौडी नगरपालिका १ हाटमा गरिएको कार्यक्रममा स्थानीय युवा तथा सर्वसाधारण व्यक्तिहरुलाई लागु औषध नियन्त्रण र कानुनी व्यवस्था सम्बन्धि जानकारी गराइएको पुरघाट प्रहरीचौकी इन्चार्ज मोती सिंह बमले बताए ।
लागुपदार्थ दुर्व्यसन विरुद्ध विद्यालयमा गएर सचेतना मुलक कार्यक्रम गर्ने गरेको प्रहरीले अहिले गाउँ समाजमा गएर समेत गरिरहेको उनले बताए । विद्यालय बन्द रहेको अवस्थामा प्रहरीले अहिले गाउँटोलमा गएर सेतनामूलक कार्यक्रम गरिरहेको हो ।
सञ्चालित सचेतनामूलक कार्यक्रममा लागु औषध भनेको के हो यसले के असर गर्छ यसको कुलतमा फसेकाहरूलाई कसरी सुधार गर्न सकिन्छ भन्ने लगायतका बारेमा जानकारी गराउने गरिएको प्रहरीले जनाएको छ ।