बैतडीको पाटनमा वडा भवन बारे बिवाद , कार्यपालिकाले निर्णय गर्ने

बैतडीको पाटनमा वडा भवन बारे बिवाद , कार्यपालिकाले निर्णय गर्ने

बैतडी । बैतडीको पाटन नगरपालिकामा योजनाहरुको अनुगमन गरिएको छ । शनिबार नगरपालिकाको वडा नं १० भित्र  निर्माण  सम्पन्न र निर्माणाधिन योजनाहरुको अनुगमन गरिएको हो । नगरपालिका र जिल्ला समन्वय समितिको टोलीले वडा भित्र सम्पन्न भएका र हुँदै गरेका कामहरुको अनुगमन गरेको हो ।

वडा नं १०को  नव निर्मित वडा कार्यालय भवन, वडा नं १० कैै हतासमा निर्मार्णाधिन ब्रह्म आधारभूत विद्यालय भवन र बैतडी र डडेल्धुरा जिल्लाको सीमाना अनारखोलिमा निर्माण सम्पन्न भएको प्रवेशद्वारको अनुगमन गरिएको जिल्ला समन्वय समिति सदस्य प्रेम सिंह भाटले जानकारी दिए ।

निर्माणाधिन र निर्माण सम्पन्न योजनाहरुको काम सन्तोशजनक रहेको अनुगमन टोलिले जनाएको छ । यस्तै वडा नं १० को भवन विवाद बारे कार्यपालिकामा छलफल हुने पनि बताइएको छ ।

निर्माण भएको भवनमा निर्वतमान अध्यक्षले शिलालेखमा आफ्नो नाम राखेको भन्दै अहिलेका अध्यक्षले भवन बुझन मानेका छैनन् । यो विवाद समाधानका लागि कार्यापालिकाले छलफल गर्ने  जिल्ला समुन्वय समिति  सदस्य भाटले बताए ।