श्रीलंकाको राष्ट्रपति कार्यालय आज खुल्दै

श्रीलंकाको राष्ट्रपति कार्यालय आज खुल्दै

प्रदर्शनकारीले घेराबन्दी गरेको राष्ट्रपति कार्यालय आज सोमबारबाट पुनः खुल्ने भएको छ । केही दिनअघि सरकारले सेनाको बल प्रयोग गरेर राष्ट्रपति कार्यालय परिसरबाट सरकार विरोधी प्रदर्शनकारीहरूलाई हटाएको थियो । सरकारको उक्त कदमको अन्तर्राष्ट्रिय समुदायले आलोचना गरेको छ ।

प्रदर्शनकारीहरूले यसै महिनाको सुरुमा देशको आर्थिक संकटलाई लिएर तीव्र आक्रोशबीच प्रदर्शनकारीले उपनिवेशकालिन उक्त भवनलाई कब्जामा लिएका थिए । प्रदर्शनकारीले भवन कब्जा गर्नुअघि राष्ट्रपति राजापाक्षे त्यहाँबाट भागेर माल्दिभ्स हुँदै सिंगापुर पुगेका थिए । गोटाबायाका उत्तराधिकारी रनिल विक्रमासिंघेले ९२ वर्ष पुरानो उक्त ऐतिहासिक भवन खाली गर्न सेनालाई आदेश दिएका थिए ।

राष्ट्रपति विक्रमासिंघेले आदेश दिएको २४ घन्टाभित्रै सेनाले उक्त भवनबाट प्रदर्शनकारीलाई हटाएको थियो । निःशस्त्र प्रदर्शनकारीहरू विरुद्ध बल प्रयोग गरेको भन्दै पश्चिमी देशहरू, संयुक्त राष्ट्र र मानवअधिकार संगठनले विक्रमासिंघको आलोचना गरेका छन् ।एजेन्सी, श्रीलंकामा प्रदर्शनकारीले घेराबन्दी गरेको राष्ट्रपति कार्यालय आज सोमबारबाट पुनः खुल्ने भएको छ ।

केही दिनअघि सरकारले सेनाको बल प्रयोग गरेर राष्ट्रपति कार्यालय परिसरबाट सरकार विरोधी प्रदर्शनकारीहरूलाई हटाएको थियो । सरकारको उक्त कदमको अन्तर्राष्ट्रिय समुदायले आलोचना गरेको छ ।
प्रदर्शनकारीहरूले यसै महिनाको सुरुमा देशको आर्थिक संकटलाई लिएर तीव्र आक्रोशबीच प्रदर्शनकारीले उपनिवेशकालिन उक्त भवनलाई कब्जामा लिएका थिए । प्रदर्शनकारीले भवन कब्जा गर्नुअघि राष्ट्रपति राजापाक्षे त्यहाँबाट भागेर माल्दिभ्स हुँदै सिंगापुर पुगेका थिए ।

गोटाबायाका उत्तराधिकारी रनिल विक्रमासिंघेले ९२ वर्ष पुरानो उक्त ऐतिहासिक भवन खाली गर्न सेनालाई आदेश दिएका थिए ।

राष्ट्रपति विक्रमासिंघेले आदेश दिएको २४ घन्टाभित्रै सेनाले उक्त भवनबाट प्रदर्शनकारीलाई हटाएको थियो । निःशस्त्र प्रदर्शनकारीहरू विरुद्ध बल प्रयोग गरेको भन्दै पश्चिमी देशहरू, संयुक्त राष्ट्र र मानवअधिकार संगठनले विक्रमासिंघको आलोचना गरेका छन् ।