नेकपा एकीकृत समाजबादी को पत्रकार सम्मेलन बैतडीमा सम्पन्न

नेकपा एकीकृत समाजबादी को पत्रकार सम्मेलन बैतडीमा सम्पन्न

बैतडी।नेकपा एर्कीकृत समाजवादी बैतडीले आसन्न प्रदेश तथा संघिय निर्वाचन लक्षीत कार्यक्रम शुरु भएको जनाएको छ ।

जिल्ला सदरमुकाम गोठलापानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रदेश र संघिय निर्वाचनका लागि नेकपा एस बैतडीले आन्तरीक कार्यक्रमहरु शुरु गरेको जनाएको हो । भोलीदेखि जिल्लाका १० वटै पालिकामा पालिका कमिटिको बैठक बोलाएर वडा तहसम्म नै कार्यक्रमहरु अघि बढाउने तयारी भइरहेको नेकपा एस बैतडीले जनाएको हो ।

जिल्लामा ५८ वडामा कमिटि पनि निर्माण भइसकेको र बाकी रहेका वडाहरुमा पनि कमिटि बिस्तार गरिने बताइएको छ । पार्टी परित्याग गरेर गएकाहरुको ठउँमा नया नियुक्त गर्ने, रिक्त पदाधिकारीको ठाउँमा पुर्ती गर्ने, अन्य पार्टीबाट पार्टी प्रवेश गरेकाहरुलाई स्वागत गर्ने देखि जनताका घरदैलो सम्म जाने योजनाहरु लिएर अघि बढेको नेकपा एसले जनाएको छ ।