श्रीलंकामा राष्ट्रपति निवासबाट सुनको जलप लगाइएका ४० सकेट बेच्ने पक्राउ

श्रीलंकामा राष्ट्रपति निवासबाट सुनको जलप लगाइएका ४० सकेट बेच्ने पक्राउ

एजेन्सी । श्रीलंकाको राजधानी कोलम्बोमा गम्भीर आर्थिक संकटलाई लिएर अभूतपूर्व सरकार विरोधी प्रदर्शनका क्रममा दरबारभित्र पसेका प्रदर्शनकारीले राष्ट्रपति भवनबाट चोरी गरेका सुनको जलप लगाएका पितलका ४० ओटा सकेट बेच्न खोज्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
 
विरोधका क्रममा ९ जुलाईमा फोर्टस्थित राष्ट्रपति भवनमा प्रवेश गर्ने तीन जनालाई झ्यालको पर्दा झुन्ड्याउन भित्ताहरूमा टाँसिएका ४० वटा सुनको जलप लगाइएका पित्तलका सकेटसहित पक्राउ गरिएको अनलाइन पत्रिका डेली मिररले जनाएको छ ।