फिलिपिन्समा  भूकम्प जाँदा ४ को मृत्यु, ६० घाइते

फिलिपिन्समा  भूकम्प जाँदा  ४ को मृत्यु, ६० घाइते

काठमाडौं । फिलिपिन्समा गएको शक्तिशाली भूकम्पमा परेर कम्तिमा पनि ४ जनाको मृत्यु भएको छ । ६० जना भन्दा धेरै घाइते भएका छन् ।

उत्तरी लुजोन टापुमा केन्द्रबिन्दु बनाएर बिहान ७ म्याग्निच्युटको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
भूकम्पबाट लुजोन टापुको अब्रा प्रान्त सबैभन्दा धेरै प्रभावित भएको छ । उद्धारकर्ताहरुले भत्किएका संरचनामा पुरिएकाहरुको खोजी तथा उद्धार जारी राखेका छन् ।

भूकम्पको धक्का जापान, ताइवान र चीनमा समेत महसुस गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।