अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल आउँदै

अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल आउँदै

काठमाडौं । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज काठमाडौं आउँदै छन् ।

दुईदिने नेपाल भ्रमणका क्रममा लुले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ । तर, लुको भ्रमण र एजेन्डाबारे परराष्ट्र मन्त्रालयले कुनै सूचना सार्वजनिक गरेको छैन ।

नेपालले एसपीपीमा सहभागी नहुने निर्णय गरेपछि अमेरिकी उच्च अधिकारीको यो पहिलो भ्रमण हो । प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्द भएपछि उनी नेपाल आउन लागेका हुन् ।

गएको मंसिरमा पनि उनी नेपाल आएका थिए ।