सुदूरपश्चिम प्रदेशलाई पूर्ण खोप घोषणा तथा सुनिश्चितता गर्ने तयारी, ९ जिल्लामा बाजुरा मात्रै बाकी

सुदूरपश्चिम प्रदेशलाई पूर्ण खोप घोषणा तथा सुनिश्चितता गर्ने तयारी, ९ जिल्लामा बाजुरा मात्रै बाकी

धनगढी । दुई जिल्ला तराई र बाँकी सात पहाडी गरी नौ जिल्ला रहेको सुदूरपश्चिम प्रदेशलाई असोज महिना भित्र पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने तयारी थालिएको छ । बिहीबार धनगढीमा सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय राजपुर डोटीद्वारा आयोजित सञ्चार कमीहरू सँग खोप सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उक्त जानकारी गराइएको हो । 

अहिले सम्म सुदूरपश्चिम प्रदेशका नौ जिल्ला मध्ये बाजुरा बाहेकका आठ जिल्ला, अछाम, बैतडी, कञ्चनपुर, डडेल्धुरा, बझाङ, दार्चुला, कैलाली र डोटी पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भई सकेका छन् । भने बाजुरा पनि यही साउन भित्र पूर्ण खोप जिल्ला घोषणा तथा सुनिश्चितता हुने र सो लगत्तै सुदूरपश्चिम प्रदेशलाई पनि पूर्ण खोप प्रदेश घोषणा तथा सुनिश्चितता प्रदेश घोषणा गरिने प्रदेश स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशका जनस्वास्थ्य अधिकृत दया कृष्ण पन्तले बताए । 

पन्तका अनुसार विशेष गरी नेपालमा १३ वटा खोप सरकारले निरन्तर, निःशुल्क दिई रहेको थियो भने अहिले त्यसमा कोरोना भाइरस कोभिड १९ को गरी १४ खोप सरकारले दिने गरेको छ । यद्धपी अन्य देशमा भने ४० प्रकारका खोप दिइँदै आइरहेका छन् । अहिले सम्म नेपाल सरकारले विभिन्न रोग सँग लड्ने रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न र रोगहरू के सङ्क्रमण बाट जोगिन निरन्तर ७८ % बालबालिबा तथा अन्य नागरिकले खोप लगाउँदै आइरहेका छन् । भने अझै पनि २२ % बाल बच्चा देखी अन्य नागरिकले खोप लगाउन छुटाइरहेका छन् ।  

पूर्ण खोप सुनिश्चितता जिल्ला अथवा प्रदेश घोषणा गर्नको निम्ति भने राष्ट्रिय खोप तालिकामा समावेश भएका १५ महिना उमेर भित्रमा पाउनु पर्ने सबै खोपहरू, सबै बालबालिकाहरूले पूर्ण रूपमा लिएको एवं पछि तालिकामा अन्य खोपहरू थप भएमा सो समेत लिएको अवस्था हुनु पर्दछ भने हाल पूर्ण खोप सुनिश्चितताको लागि १६ महिना देखि २३ महिना सम्म उमेरको बालबालिकाहरूमा खोप अवस्थाको पहिचान र विश्लेषण गरिन्छ उनीहरूलाई समेत खोप लगाइने प्रदेश स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशले जनाएको छ ।

यस्तै, कुनै पनि खोप लगाउँदा समस्या नभई झ मानव स्वास्थ्य थप सबल र तन्दुरुस्त हुने भएकोले सबै नागरिकलाई खोप लगाउन सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा। जगदीश जोशीले आग्रह गरे ।