सशस्त्र प्रहरी बलले माग्यो विभिन्न पदपूर्तिका लागि आवेदन

सशस्त्र प्रहरी बलले माग्यो विभिन्न पदपूर्तिका लागि आवेदन

धनगढी । नेपाल सशस्त्र प्रहरी बलले स्थायी पदपूर्तिका लागि नयाँ भर्ना खुला गरेको छ । सशस्त्र प्रहरी बलमा रिक्त रहेका प्राविधिक समूह (स्वास्थ्यतर्फ) खुला प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको हो ।

प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) र प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक (स्टाफ नर्स)का लागि आवेदन आह्वान गरिएको हो । निरीक्षकका लागि २१ वर्ष पूरा भइ ३० वर्ष ननाघेको र नायव निरीक्षकका लागि १८ वर्ष पूरा भई २७ वर्ष ननाघेको हुनु पर्नेछ । आजदेखि भदौ १२ गतेसम्म आवेदन दिन सकिने प्रकाशित सार्वजनिक सूचनामा उल्लेख छ ।

सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय, भर्ना तथा छनोटशाखा, हलचोकमा पुगेर आवेदन दिन सकिने जनाइएको छ ।