बैतडीमा बन्चरो प्रहार गरी बुबाको हत्या

बैतडीमा बन्चरो प्रहार गरी बुबाको हत्या

बैतडी   । बैतडीमा बन्चरो प्रहार गरि बुबाको हत्या गरिएको छ । 

डिलाशैनी गाउँपालिका वडा नम्बर ५ शेरामा धारिलो हतियार बन्चुरो प्रहार गरि छोराले बुबाको हत्यागरेका छन। २१ बर्शिय छोरा लोकेन्द्र जोशिले धारिलो हतियार प्रहार गरेर आफ्नै ७० वर्षिय बुबा अन्तराम जोशीको हत्या गरेको जिल्ला प्रहरीकार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले बताएका छन ।

बन्चोरो प्रहारले बुबाको टाउको र शरीर अलग भएको छ । शुक्रबार बिहान करिब ५ बजे तिर घटान भएको थियो । बन्चरो प्रहार गर्ने लोकेन्द्र बुबाका एक्ला छोरा हुन उनलाई गोकुलेस्वर प्रहरीले नियन्त्रणमा लिएको छ । घटना के कति कारणले भएको हो भन्ने बारे अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।