सिसि क्यामरा प्रकरण : समितिले सभामुखलाई बुझायो प्रतिवेदन

सिसि क्यामरा प्रकरण  : समितिले सभामुखलाई बुझायो प्रतिवेदन

काठमाडौँ ।  तत्कालीन अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले आज सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको छ।

बिहीबार प्रतिवेदन लेखन कार्य पूरा भएपछि समितिले शुक्रबार दिउँसो समिति सभापति लक्ष्मणलाल कर्णले सभामुख सापकोटालाई बुझाएका हुन् ।

बजेटको अघिल्लो राति अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय प्रवेश गराएर करका दर हेरफेर गराएको आरोप लागेका तत्कालीन अर्थमन्त्री शर्मालाई सफाइ दिनेगरी समितिले प्रतिवेदन तयार पारेको छ । बजेटको अघिल्लो रात अर्थ मन्त्रालय प्रवेश गरेका भनिएका व्यक्तिलाई बयानका लागि समेत नबोलाई छानबिन सकिएको छ ।