अखिल नेपाल यातायात मजदुर संघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा शेरचन

अखिल नेपाल यातायात मजदुर संघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा शेरचन

धनगढी । यातायात मजदुरहरूको पेसागत  हक हित र अधिकारको पक्षमा निरन्तर क्रियाशील यातायात श्रमिकहरूको छाता संगठन अखिल नेपाल यातायात मजदुर संघ सुदूरपश्चिम प्रदेश कमिटीको दोस्रो भेला सम्पन्न भएको छ । 

शुक्रवार धनगढीमा संगठनका प्रदेश अध्यक्ष ललित मल्लको अध्यक्षता र अखिल नेपाल ट्रेड युनियन महासंघ सुदूरपश्चिम प्रदेश इन्चार्ज तथा केन्द्रीय सचिव  नरहरि नाथ योगीको प्रमुख आतिथ्यमा सम्मेलन सम्पन्न भएको हो । 

यस्तै, सम्मेलनमा अखिल नेपाल यातायात मजदुर संघ राष्ट्रिय सम्मेलन आयोजक कमिटीका संयोजक रामचन्द्र कार्की, कार्यालय सदस्य दीपक के.सी, अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य द्वय जगदीश सेठ्ठी, बम ब कठायत, सुन्दर के. सी, आयोजक कमिटी सदस्य रमेश गुरुङ लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो । 

कार्यक्रममा सडक सुरक्षा, सडक दुर्घटना न्यूनीकरण, यात्रु मैत्री सार्वजनिक यातायात, लगायत यातायात क्षेत्रमा देखिएका विभिन्न समस्याहरू का बारेमा छलफल समेत गरिएको जनाइएको छ । 

उक्त सम्मेलनले बेद प्रसाद शेरचनको अध्यक्षतामा २५ सदस्यीय प्रदेश कमिटी समेत चयन गरेको छ । समितिको उपाध्यक्षमा देवराज भट्ट र तुलसी राना, सचिव टेक ब. ऐर, सह-सचिव इन्द्र ब. विश्वकर्मा, कोषाध्यक्ष छबिलाल लामिछानेलाई चयन गरिएको छ ।