रवि लामिछानेले गरे बेहडा बाबा मन्दिरमा पुजा आराधना

रवि लामिछानेले गरे बेहडा बाबा मन्दिरमा पुजा आराधना

धनगढी  ।  सुदूरपश्चिम प्रदेशस्तरिय भेलालाई सम्बोधन गर्न शुक्रबार धनगढी पुगेका चर्चित पूर्वसंचारकर्मी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज बिहान बेहडा बाबाको दर्शन गरेका छन् ।

शुक्रबार बिहान बिहान ५ बजे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बेहडा बाबाको मन्दिरमा धुपबत्ति गरेर धनगढी फर्किएका बेहडा बाबा मन्दिर समितिले जनाएको छ ।

धनगढी स्थित ओम पार्टी प्यालेसमा १२ बजेर ३० मिनेटमा सभापति लामिछानेले प्रदेशस्तरिय भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको हो ।

प्रदेशस्तरिय भेलालाई सम्बोधन गर्न नेता रवि लामिछानेसहित डिपी आर्याल, मुकुल ढकाल, दिपक बोहरा लगायत युवा नेताहरु धनगढी पुगि सकेका छन् । धनगढीको कार्यक्रमपछी महेन्द्रनगर जाने कार्यक्रम रहेको जनाएको छ ।