अल कायदा नेता अल–जवाहिरी मारिएको अमेरिकाको दाबी

अल कायदा नेता  अल–जवाहिरी मारिएको अमेरिकाको दाबी

अल कायदा नेता अयमान अल–जवाहिरी मारिएको अमेरिकाले दाबी गरेको छ ।

अफगानिस्तानको राजधानी काबुलमा आइतवार भएको हवाई आक्रमणमा उनी मारिएका अमेरिकी राष्ट्रपति जो बाइडेनले पुष्टि गरेको बीबीसीले जनाएको छ । उनले  विद्रोही विरुद्धको कारबाही अभियानलाई अमेरिकाले निरन्तरता दिने पनि बताएका छन ।

इजिप्टका नागरिक जवाहिरी आतङ्कवादीको सूचीमा थिए । उनी अमेरिकामा सन् २००१ को सेप्टेम्बर ११ मा भएको हमलाका मुख्य योजनाकार रहेको अमेरिकाले दाबी गर्दै आएको थियो । अमेरिकी ट्वीन टावरमा भएको आक्रमणमा झन्डै ३ हजार जनाको ज्यान गएको थियो ।

सन् २०११ मा पाकिस्तानमा ओसामा बिन लादेन मारिएपछि जवाहिरी फरार थिए।