बैतडीमा किसानलाई बाली जोगाउन धौ–धौ

बैतडीमा किसानलाई बाली जोगाउन धौ–धौ

बैतडी । जिल्लामा जंगली जनावरले बालीनाली सखाप पार्न थालेका छन् । जंगली जनावर बँदेल, बाँदर र दुम्सीले बालीनाली सखाप पार्न थालेका हुन् । यी जंगली जनावरले यहाँका बालीनाली सखाप पार्न थालेपछि किसान आतंकित भएका छन् । खास गरेर मुख्य खाद्य बालीको रुपमा रहेको मकैबाली जंगली जनावरले नष्ट गर्न थालेका हुन् ।

दिउँसोमा बाँदर र रातीमा दुम्सी तथा जंगली बँदेलले मकैबाली र अन्य खाद्य बाली र फलफूल, तराकारी नष्ट गर्न थालेका दोगडाकेदार गाउँपालिका ३ श्रीकोटका हरिश जोशीले बताए । जिल्लाका अधिकांश ठाउँमा मकैबाली जोगाउन किसानहरूलाई धौ धौ परेको छ।

उनले भने, ‘दिउँसोमा बाँदर र रातीमा दुम्सी तथा जंगली बँदेलले मकैबाली नष्ट गर्न थालेपछि मकैबाली जोगाउन धौ धौ परेको छ । मकैबाली जंगली बँदेलले खान थालेपछि रातदिन जाग्राम बस्नुपरेको छ ।’

पाक्नै तयारीमा रहेको मकैलाई जंगली जनावरहरूले नष्ट गर्न थालेपछि समस्या भएको छ । उनले भने,‘जंगली जनावर धपाउनका लागि जाग्राम बस्नुपरेको छ,रातको निद्रा छैन, दिनमा भोक छैन ।’