कञ्चनपुरमा बिहीवार ३९ जनामा कोरोना संक्रमण पुष्टि

कञ्चनपुरमा बिहीवार  ३९ जनामा कोरोना संक्रमण पुष्टि

कञ्चनपुर । कञ्चनपुरमा बिहीवार एकै दिन ३९ जनामा कोरोनाको संक्रमीत थपिएका छन ।भीमदत्त नगरपालिकामा १४ जना, बेलौरी नगरपालिकामा ११ जना, पश्चिमी सीमा नाका गड्डाचौकीमा ११ जना, शुक्लाफाँटामा ३ जना, पुनर्वासमा १ जना र कृष्णपुरमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । 

चार सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा ३९ जनाको नतिजा पोजेटिभ आए संगै जिल्लामा कोरोना सक्रिय संक्रमितको संख्या ८७ जना पुगेको स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले बताए। कोरोना संक्रमण पुष्टि भए ३९ जनालाई होम आइसोलेसनमा पठाईएको छ। आज ७ जनाले कोरोना कोरोना मुक्त भएका छन ।