बझाङमा लागुऔषध चरेस  सहित एक जना पक्राउ

बझाङमा लागुऔषध चरेस  सहित एक जना पक्राउ

बझाङ । विहिबार बझाङबाट लागुऔषध चरेस  सहित एक जना पक्राउ परेका छन ।  दार्चुलाको शैल्यशिखर–१ बस्ने ४३ वर्षीय विरेन्द्रबहादुर खडायतलाई  वित्थडचिर गाउँपालिका( ८ बागथालाबाट १२ किलो चरेस सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

बझाङको चैनपुरदेखि महेन्द्रनगर तर्फ आइरहेको सुदूरपश्चिम प्रदेश०२००१ख १११९ नम्बरको  बसमा सवार उनलाई सो अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरीले  जाँच गर्दा सो लागुऔषध खेला पारेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताए ।