कार्यसम्पादन मूल्यांकनमा  डडेल्धुरा जिल्ला उत्कृष्ट पाँच मा

कार्यसम्पादन मूल्यांकनमा  डडेल्धुरा जिल्ला उत्कृष्ट पाँच मा

डडेल्धुरा । गृहमन्त्रालयले गरेको कार्यसम्पादन मूल्यांकनमा  डडेल्धुरा जिल्ला उत्कृष्ट ५ भित्र परेको छ । जिल्ला प्रशासन कार्यालयबाट सम्पादन हुने कार्यसम्पादन मूल्यांकन सार्वजनिक सेवा प्रवाह,शान्ति सुरक्षा कायम, अपराध नियन्त्रण परिसूचकका आधारमा कार्यालयको मूल्यांकन गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिएका छन ।  प्रमुख जिल्ला अधिकारी जोशीका अनुसार गृहमन्त्रालयले गरेको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय ५ औं स्थानमा पर्न सफल भएको बताए ।  
 
नेपाल सरकारको गृहमन्त्रालयले हरेक बर्ष जिल्ला प्रशासन कार्यालयहरुको कार्यसम्पादन मूल्याकंन गर्दै आएमा गत आर्थिक बर्षमा कार्यालयले सम्पादन गरेका कामहरुको मूल्याकंन गर्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण तथा विकास निर्माण सार्वजनिक अपराध नियन्त्रण, लागू औषध नियन्त्रण र आर्थिक प्रशासन लगायतका क्षेत्रमा कार्यालयले सम्पादन गरेका कामहरुको मूल्यांकन हुने गरेको बताइएको छ । 

जिल्ला प्रशासन कार्यालयमा डडेलधुरामा प्रमुख जिल्ला अधिकारीकारीका  रुपमा आईसके पछि शान्ति सुरक्षा कायम विकास निर्माण विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन लगाएत का क्षेत्रमा निबाह गर्नू पर्ने सम्पुर्ण प्रयास अभिवृद्धि र अहिले हुन नसकेका शान्ति सुरक्षा सेवा प्रवाह,सुसाशन थप प्रभाबकारी रुपमा निर्वाह गरी देशकै नम्बर एक बनाउन अगाडी बढ्ने प्रमुख जिल्ला अधिकारी जोशीले बताए ।  

त्यस्तै सुदुरपश्चिमको अर्को जिल्ला  बैतडी  उत्कृष्ट १० मा पर्न सफल भएको छ । गृहमन्त्रालयले गरेको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय १० औं स्थानमा पर्न सफल भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए।  कार्यसम्पादनमा गुल्मी देशभरकै उत्कृष्ट जिल्लाको रुपमा रहेको छ ।