सेती प्रादेशिक अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

सेती प्रादेशिक अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

 धनगढी । सेती प्रादेशिक अस्पतालमा बिहीबार अस्पताल भर्ना भएका  कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल कोभिड अस्थायी अस्पतालमा आईसीयूमा उपचार भई रहेका  कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का ५० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिएका  छन ।

सूचना अधिकारी श्रेष्ठकाअनुसार  नेपालमा कोरोनामा नयाँ भेरियन्टको संक्रमण देखिएपछि सुदूरपश्चिम प्रदेशमै पहिलो पटक संक्रमित मृत्यु भएको हो तर ती पुरुषमा कुन भेरियन्ट हो रु भन्ने कुरा खुल्न सकेको छैन ।उक्त पुरुषले कोरोना भाइरसविरुद्धको खोप भने लगाएका थिएनन् ।  

ती पुरुषमा अल्कोहोलिक हेपाटाइटीसको समस्या थियो तर परीक्षणका क्रममा उनलाई कोरोना भाइरसको संक्रमण पनि देखिएको थियो ।