बैतडीमा एक जना  मृत फेला

बैतडीमा एक जना  मृत फेला

बैतडी  । बैतडीमा एक जना  मृत फेला परेका छन् । शुक्रबार जिल्लाको  सुर्नया गाउँपालिका वडा नं ७ का ३७ वर्षिय रघुबिर कुवँर मृत अवस्थामा फेला परेका हुन ।

गाउपालिकाको वडा नं ७ रौत गाउँको गोराखला टोल घर भएका कुँवर शुक्रबार विहान वडाको घंराड भन्ने ठाउँमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता लोक राज जोशीले जानकारी दिए ।  

मृत फेला परेका कुवँरको शव पोष्टमार्टमका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको प्रवक्ता जोशीले बताए ।