बैतडीमा प्रहरी प्रमुख फेरिए , पालको ठाउँमा शाही  आउने

बैतडीमा प्रहरी प्रमुख फेरिए , पालको ठाउँमा  शाही  आउने

बैतडी  । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख रमेशबहादुर पालको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले ४३ जना प्रहरी नायव उपरीक्षकको सरुवा गरेको र त्यसमा बैतडीका प्रहरी प्रमुख पालको  सरुवा भएको छ । 

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख डीएसपी रमेशबहादुर पालको प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन शाखामा सरुवा भएको छ । उनको ठाउँमा पश्चिम नवलपरासीमा कार्यरत प्रेमबहादुर शाही आउने भएका छन् ।