आज शनिबार भारतमा उपराष्ट्रपतिको निर्वाचन हुँदै छ । शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म संसद भवनमा उपराष्ट्रपतिको निर्वाचन हुँदै छ ।
सत्तारुढ एनडीएले जगदीप धनखर र विपक्षीले उम्मेदवार मार्गरेट अल्भालाई उम्मेदवार बनाएका छन् । बंगालको पूर्वगर्भनर जगदीपको विजय प्राय निश्चित देखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उपराष्ट्रपतिको निर्वाचनको नतिजा साँझपछि आउने सम्भावना रहेको जनाएको छ।
यसअघि सत्तारुढ गठबन्धनको तर्फबाट द्रौपदी मुर्मु राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् । उनी भारतको दोस्रो महिला तथा पहिलो आदिवासी राष्ट्रपति हुन् ।