कञ्चनपुर । कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ परेका छन्। जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० झलारीका २ जनालाई लागुऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले जिल्लाका बेलौरी नगरपालिका वडा नम्बर ६ बैशाखाबाट लागुऔषधसहित शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० झलारी बस्ने २४ वर्षीया दिपेन्द्र सिंह बिष्ट र सोही ठाउँका किशोर थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
उनीहरुको साथबाट १८।४९ ग्राम लागुऔषध खैरो हेरोईन फेला परेको छ । साथै उनीहरु सवार म१प३९७८ नम्बरको मोटरसाइकल र उनीहरुलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।