बाजुरामा खोलाको बाढीले बस्ती उच्च जोखिम

बाजुरामा खोलाको बाढीले बस्ती उच्च जोखिम

बाजुरा । बाजुरा मा खोलाको बाढीले बस्ती नै जोखिममा परेको छ । जिल्लाको बडीमालिका नगरपालिका ९ सेलाघाटको बस्ती बिउरा खोलाको बाढीले जोखिममा परेको हो। शुक्रबार रातीको वर्षाले स्थानीय खहरे खोलाको बाढीले सिंगो सेलाघाट बस्ती नै जोखिममा परेको हो। बाढी राती १ बजेपछि आएको 

बर्षा संगै आएको बाढीले आफ्नो फर्ममा रहेका १ सय ८० कुखुरा मध्ये १ सय ५० बढी कुकुरा मरेको स्थानीय गोपाल थापाले बताए ।  धानबालीमा समेत क्षति पुगेको छ भने यौ मुरि फल्ने सिंगो खेत बगरमा परिणत भएको थापा बताउ छन । बाढीले स्थानीय चन्दे थापा,अंग थापा र दिपक बिष्टको घरका क्षति पुगेको छ,भने अन्य २० बढी परिवार जोखिममा परेको स्थानीय मिनबहादुर थापाले बताए।

बाढी आएको थाहा पाएपछि स्थानीय राती नै घरबाट सरेका थिए। गाउँकै छेउमा वर्षादको समयमा मात्र आउने खहरे खोलाले बस्ती नै जोखिम हुनेगरि बाढी आउने स्थानीयले सोचेका थिएनन्। 

सेलाघाट बस्तीलाई सार्नुको अर्को विकल्प नै देखिएको छैन्। अहिले सबै परिवार सुरक्षित रहेको र अन्यन्त्र बासका लागि प्रबन्धक गर्नु पर्ने प्रहरीले जनाएको छ। बडीमालिका नगरपालिकाको जनप्रतिनिधीको टोली अनुगनमका लागि सेलाघाट पुगेको छ।  सेलाघाट बाजुरा जिल्ला सदरमुकाम रहेको नै वडा हो।