ट्रक भिरबाट खस्दा चालकको मृत्यु

ट्रक भिरबाट खस्दा चालकको  मृत्यु

आज ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै  मृत्यु भएको छ। लु १ ख १८६६ नम्वरको ट्रक दुर्घटना हुँदा  चालक  गुल्मीदरबार गाउँपालिकाका  अन्दाजी ३५ वर्षका रनबहादुर ढेगाको घटनास्थलमै मृत्यु प्रहरीले जनाएको छ । 

आइतबार बिहान गुल्मीमा जिल्लाको रेसुंगा नगरपालिका वडा नम्वर १० सिमिचौरमा ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। खाली ट्रक सिमीचौरको राङबासबाट बुटवल तर्फ जाँदै गरेको थियो।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेल का अनुसार ट्रक करिब सडक देखि दुई सय मिटर तल खसेको र घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जानकारी दिएका छन।