बंगलादेशमा तेलको मूल्य ५० प्रतिशतले बढ्यो, सडकमा हिंसात्मक प्रदर्शन

बंगलादेशमा तेलको मूल्य ५० प्रतिशतले बढ्यो, सडकमा हिंसात्मक प्रदर्शन

बंगलादेशमा पेट्रोल र डिजेलको मूल्यमा भएको भारी वृद्धिपछि देशभर हिंसात्मक प्रदर्शन भएको छ । पेट्रोल पम्पमा अत्यधिक लाइन थिए र आतंकको वातावरण थियो ।यसैलाई मध्यनजर गर्दै केही पेट्रोल पम्पले पेट्रोल र डिजेल बिक्री बन्द गरेपछि विरोध प्रदर्शन भएको थियो ।

पेट्रोल र डिजेलको मूल्यमा भएको यो भारी वृद्धिले लाखौं जनताको जनजीवन प्रभावित भएको आन्दोलनकारीले बताएका छन् ।सरकारले शुक्रबार पेट्रोलमा ५१ दशमलव ७ प्रतिशत र डिजेलको मूल्य ४२ दशमलव ५ प्रतिशतले बढाएको थियो । यसपछि मानिसहरु आफ्नो गाडी लिएर पेट्रोल पम्पमा लाइन लाग्न हिँडे ।

बंगलादेशमा भएको प्रदर्शन यति उग्र थिए कि थुप्रै शहरमा आगजनी र ढुङ्गामुडासमेत  भए । प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्नुपरेको थियो । शनिबार पेट्रोलियम पदार्थको मूल्यवृद्धि लागू हुनुअघि देशभरका पेट्रोल पम्पमा ठूलो संख्यामा मानिस पुगेका थिए ।