१९ वर्षीय किशोरीको हत्या अभियोगमा संलग्न दुई जना पक्राउ

१९ वर्षीय किशोरीको हत्या अभियोगमा संलग्न दुई जना पक्राउ

१९ वर्षीय सुशील रायको हत्याको घटनामा संलग्न भएको  अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा शव फेला परेको हो। जिल्लाको हरिपुर्वा नगरपालिका(३ बस्ने रायको राय साउन १३ गते बेलुकाबाट बेपत्ता थिए। उनको खोजी गर्ने क्रममा सोमबार बिहान श्री राष्ट्रिय आधारभूत विद्यालय धनकौलको  पुरानो शौचालयको सेफ्टी ट्यांकीमा शव फेला परेको थियो।

पक्राउ पर्नेहरूमा हरिपुर्वा नगरपालिका(३ धनकौलका १९ वर्षीय कृष्ण भन्ने विश्वजित यादव र सोही ठाउँका १८ वर्षीय किशोर रहेका छन् । अनुसन्धानको क्रममा घटनामा संलग्न उनीहरूमाथि कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थप अनुमती लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ।