कैलालीमा दुई जना मृत फेला

कैलालीमा दुई जना मृत फेला

धनगढी ।  कैलालीमा एक जना मृत फेला परेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका–१ कुन्ती बस्ने ५५ बर्षीय शेरबहादुर नेपाली मृत फेला परेका हुन्।

उनी घर नजिक खेतमा शुक्रबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटना सम्बन्धि प्रहरीले थप अनुसन्धान गरिरहेको छ। यस्तै कैलालीमै एकजना युवक मृत फेला परेका छन् । आइतबार बिहान गोदावरी नगरपालिका. ३ मुक्तिकमैया शिविर बस्ने ३५ वर्षीय श्याम चौधरी मृत फेला परेको प्रहरीले जनाएको छ ।

उनी आफ्नै घरको आँगनमा रहेको जामुनको रुखमा प्लास्टिकको डोरीले पासो लगाएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।