तोलामा ५ सय रुपैयाँले घट्यो सुनको भाउ

तोलामा ५ सय रुपैयाँले घट्यो सुनको भाउ

काठमाण्डौ । हप्ताको पहिलो दिन आज सुन चाँदीको भाउ केही घटेको छ । आज ( आईतवार )  सुनको भाउ  तोलामा ५  सय रुपैयाँले घटेको छ भने चाँदीको भाउ १५ रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९६ हजार ३ सय रुपैयाँ तोकिएको छ ।  यस्तै चाँदी १ हजार २ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।