सल्यानमा तीन वर्षको तथ्यांक हेर्दा सानै उमेरमा गर्भवती हुनेको संख्या बढी

सल्यानमा  तीन वर्षको तथ्यांक हेर्दा सानै उमेरमा गर्भवती हुनेको संख्या बढी

पछिल्लो तीन वर्षको तथ्यांकलाई हेर्दा सानै उमेरमा गर्भवती हुनेको संख्या बढी देखिएको छ ।  बालविवाह न्यूनीकरण गर्न सरकारी तथा गैरसरकारी निकायबाट प्रयास भएपनि सल्यानमा भने उक्त प्रयास प्रभावकारी देखिएको पाइएको छैन।

बालविवाह न्यूनीकरण गर्न सरकारी तथा गैरसरकारी निकायको पछिल्लो तीन वर्षको तथ्यांकलाई हेर्दा जिल्लाभर ४ हजार ७ सय २३ जना २० वर्षमुनिका किशोरीहरु गर्भवती भएको देखिएको छ। विगतको तुलनामा केही मात्रामा घटेको देखिएपनि उल्लेख्य मात्रामा सानै उमेर गर्भवती हुनेको संख्यामा कमी आउन सकेको पाइँदैन।

आर्थिक वर्ष २०७६र०७७ मा जिल्लाभर ७ हजार २ सय ५७ महिला गर्भवती भएकोमा १ हजार ७ सय ५७ जना गर्भवती २० वर्षमुनिका रहेका स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ  ।

आर्थिक बर्ष २०७७र०७८ मा ६ हजार १९ महिला गर्भवती भएकोमा १ हजार ५ सय ९५ जना गर्भवती २० वर्षमुनिका भएका छन् भने गत आर्थिक वर्ष २०७८र०७९ मा  ५ हजार ८ सय ५ जना गर्भवती भएकोमा १ हजार ३ सय ७१ जना २० वर्षमुनिका रहेका कार्यालयका सूचना अधिकारी थलराज डिसीले बताएका छन।

स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन आउने २० वर्षमुनिका किशोरीहरूको संख्यामा कमी आउन नसकेको बताए।

वर्षेनी जिल्लामा २० वर्षमुनिको गर्भ जाँच गराउन आउने किशोरीहरूको संख्यामा तुलनात्मक रुपमा कमी आएपनि अपेक्षाकृत रुपमा कमी आउन नसकेको उनको भनाइ छ।

केही गर्भवतीहरु पायक पर्ने छिमेकी जिल्लाका स्वास्थ्य संस्थाहरुमा पनि गर्भजाँच गराउन जाने भएकाले जिल्लाको तथ्यांकमा कम देखिएको हुनसक्ने उनको भनाइ छ।