उड्डयन प्राधिकरणले सुदुरपश्चिमका ५ बिमानस्थलका लागि  ३१ करोड बढी बजेट,कुनलाई कति ?

उड्डयन प्राधिकरणले  सुदुरपश्चिमका ५ बिमानस्थलका  लागि  ३१ करोड बढी बजेट,कुनलाई कति ?

धनगढी । नेपाल नागरिक उड्डयन प्राधिकरणले आर्थिक वर्ष २०७९र०८० का लागि कुल चार अर्ब ८५ करोड रूपैयाँ बजेट ल्याएको छ । यसमध्ये पुँजीगत खर्चतर्फ २६ अर्ब ८२ करोड रूपैयाँ विनियोजन गरेको छ। प्राधिकरणले चालु आर्थिक वर्षमा देशका विभिन्न विमानस्थलको रन-वे, ट्याक्सी-वे तथा एप्रोन (पार्किङ) निर्माणका लागि एक अर्ब २३ करोड ७६ हजार रूपैयाँ बजेट विनियोजन गरेको छ।

अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलको स्तरोन्नति, टर्मिनल भवन निर्माण लगायत संरचना निर्माण प्राथमिकतामा राखिएको प्राधिकरणले जनाएको छ। जसअनुसार विभिन्न विमानस्थलमा टर्मिनल भवन निर्माणका लागि मात्र प्राधिकरणले एक अर्ब ५० करोड रूपैयाँ बजेट विनियोजन गरेको छ।

त्यस मध्ये प्राधिकरणले सुदुरपश्चिमका ५ बिमानस्थलका लागी चालु आर्थिक बर्षमा  ३१ करोड बढी बजेट  ३१ करोड ३९ लाख  विभिन्न विमानस्थलको रन-वे, ट्याक्सी-वे तथा एप्रोन (पार्किङ)निर्माण तथा विमानस्थल सुदृढीकरणका बिनीयोजन गरेको छ।

कञ्चनपुरको मझगाउँ (महेन्द्रनगर) विमानस्थललाई २४ करोड ४२ लाख, दार्चुलाको गोकुलेश्वर विमानस्थललाई दुई करोड ६५ लाख रूपैयाँ, ,अछामको कमलबजार विमानस्थललाई लागि एक करोड रूपैयाँ सुदृढीकरणका निम्ति छुट्याइएको छ। यस्तै बाजुराको बाजुरा विमानस्थललाई स्लरी सिलका लागि दुई करोड रूपैयाँ र बझाङको बझाङ विमानस्थलमा चेनलिंक फेन्सका लागि एक करोड ३२ लाख रूपैयाँ बजेट विनियोजन भएको छ।