बैतडीको पुरचौंडी नगरपालिकाका सबै वडा वडासचिव विहिन

बैतडीको पुरचौंडी नगरपालिकाका सबै वडा वडासचिव विहिन

बैतडी। बैतडीको पुरचौंडी नगरपालिकाका सबै वडामा वडासचिव विहिन भएका छन । महालेखा परीक्षकको २०७९ को प्रतिवेदन  मा १० वडामध्यै कुनैमा पनि वडा सचिव नरहेको खुलेको छ । नगरपालिकाले १० वटै वडामा सचिव नहुँदा प्राविधिक सहायकलाई वडा सचिवको जिम्मेवारी दिइएको बताएको छ।

यसअघि २०७५ मा स्थानीय तहका लागि लोक सेवा आयोगबाट पदपूर्तिका लागि रिक्त दरबन्दीको माग भए पनि पुरचौंडी नगरपालिकाले रिक्त दरबन्दीको विवरण संघीय लोकसेवा आयोगलाई पठाएको थिएन। महालेखाले पालिका अन्तर्गतका वडा कार्यालयबाट सञ्चालित सेवा प्रवाहमा महत्वपूर्ण भूमिका रुहेका वडा सचिवको १० दरबन्दीमा सबै पदपूर्ति रिक्त रहेकोले पदपूर्ति गर्न सुझाव दिइएको छ।